३३ किलो सुन काण्डमा संलग्न फरार प्रतिवादी पक्राउ
काठमाडौँ । चर्चित ३३ किलो सुन काण्डमा एक जना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको गौशालाबाट नियन्त्रणमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-५ बस्ने ‘भोजे मामा’ भन्ने भोजराज भण्डारीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।