पात्लेखेतमा मोटरबाटो निर्माण
गलेश्वर, १४ वैशाख । कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि देश लकडाउनमा छ । सर्वसाधारण व्यवसाय, अध्ययन, नोकरीलगायतका काम छाडेर घरभित्रै बसेका छन् तर म्याग्दीका एक गाउँका युवाहरु भने कोरोना सङ्क्रमणको सतर्कता अपनाउँदै सुरक्षित तरिकाले विकास निर्माणका काममा जुटेका छन् ।