काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन महिनाभित्र सामाजिक सञ्जाललाई नेपालमा दर्ता र सूचीकरण हुन निर्देशन दिएको छ । सामाजिक सञ्जाल कम्पनीहरूलाई “सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०” अनुसार सञ्चालनमा आउन मन्त्रालयले सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिएको हो