चार सय ७२ परिवारलाई धुवाँरहित चुलो वितरण
डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेकबासीले चुलोमा खाना पकाउँदा आउने धुवाँबाट मुक्ति पाएका छन् । मानवीय सेवामा अनेकाँै प्रयास (साइन नेपाल) नामक गैरसरकारी संस्थाले उक्त वडामा चार सय ७२ परिवारलाई धुवाँरहित फलामे चुलो वितरण गरेपछि धुवाँको समस्या हटेको हो ।