पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको मोदी गाउँपालिका–२ देउपुरका कृषकले यस वर्ष रु डेढ करोड भित्र्याएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका देउपुरका कृषकले उत्पादन गरेका सुन्तला बिक्रीबाट रु एक करोड ५० लाखभन्दा बढी रकम भित्रियाएको हो ।