कोरोनाको कहरः जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या
बर्लिन, १७ चैत । जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्ट समेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गर्नु भएको छ । प्रान्तीय गभर्नर भोल्कर बोउफियरका अनुसार ५४ वर्षीय थोमसको शव फ्रान्कफर्ट नजिकैको होखेमस्थित रेलवे ट्राकमा फेला परेको थियो ।