मगर समुदायको जीवन्त संस्कृति ‘चिनो चौतारो’
रोल्पा, १९ भदौ । अघिल्लो वर्ष वैशाख महिनमा ८३ वर्षीया आमाको मृत्युपछि आमाको सम्मान र सम्झनामा रोल्पा सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले घर नजिक चौतारी बनाउनुभयो । आमाको मृत्यु भएको तिथिमा हरेक वर्ष उहाँ सोही चौतारीमा पुगेर आमाप्रति श्रद्धाञ्जलि दिनुहुन्छ