खार्तुम, २९ माघ । सुडान सरकारले डार्फर नरसंहारको आरोप खेपिरहेका पूर्वराष्ट्रपति ओमार अल–बसिरलाई अन्तर्राष्ट्रिय फौजदार अदालतसमक्ष बुझाउन सहमति जनाएको छ । सुडानको सत्तारुढ परिषदका एक सदस्यले बसिरमाथि डार्फर घटनामा युद्ध अपराधको आरोप लागेको जानकारी दिनुभयो । हेगस्थित अदालत (आइसिसी) ले