वासिङ्टन, २४ असार । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफू निर्वाचित भएको दुई वर्षपछि पहिलो विदेश भ्रमण गर्न लाग्नु भएको छ । सन् २०१८ मा निर्वाचित हुनुभएका बामपन्थी राष्ट्रपति ओब्राडोरले बुधबार संयुक्तराज्य अमेरिकाको भ्रमण गर्न लाग्नु भएको छ ।