२६ चैत, काठमाडौँ । नेपाल भाषाका वरिष्ठ साहित्यकार एवं भाषासेवी अष्टमुनि गुभाजुको आज काठमाडौँको टेकू दोभानमा अन्त्यष्टि गरिएको छ । मुटु तथा मिर्गाैलामा समस्या देखिएपछि ललितपुरको महालक्ष्मी स्थानस्थित गणेशमान मेमोरियल अस्पतालमा उपचारको क्रममा उहाँको सोमबार दिउँसो निधन भएको थियो ।