१३ बैशाख २०८१, बिहिबार

विश्वकप फुटबल फाइनल : आज उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै


लियोनल मेस्सी र केलियन एमबाप्पे

काठमाडौँ । कतारमा जारी फिफा विश्वकपको फाइनल खेलमा आज उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । कतारको सबैभन्दा ठूलो लुसिल रंगशालामा नेपाली समयअनुसार आज राति ८:४५ बजे सुरु हुने फाइनल खेलमा साविकको विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने भएको हो ।

लगभग ८९ हजार दर्शक क्षमता भएको उक्त रंगशालामा फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि हात पार्ने लक्ष्यमा रहेका छन् ।

यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले गोलले हराउँदै फ्रान्स फाइनलमा पुगेको थियो भने पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले हराएको थियो ।

आज हुने फाइनल खेलमा सबैको ध्यान विश्व फुटबलका दुई सुपर स्टार लियोनल मेस्सी र केलियन एमबाप्पेतिर केन्द्रित भएको छ । दुवै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा व्यवसायिक खेल खेल्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !