, आज जेठ १० गते शनिबार देशभरको मौसम पूर्वानुमान

आज जेठ १० गते शनिबार देशभरको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

जेठ १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायु र पश्चिमी न्यन चापीय प्रणालीको प्रभाव रहेको छ । बंगलादेशको आसपासमा अवस्थित चक्रवात “अंपुन” कमजोर भई न्यन चापीय प्रणालीको रुपमा रहेको छ र यसले नेपालको पूर्वी भू-भागमा आंशिक प्रभाव पारेको छ ।

हालको मौसमको अवस्था

हाल देशको पश्चिमी पहाडी भू-भाग लगायत मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

दिउँसो

देशको पश्चिमी पहाडी भू-भाग लगायत मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशैभरी सामान्य बदली रहनेछ । मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।