७ बैशाख २०८१, शुक्रबार

यस्तो छ आज बैशाख ३१ गते बुधबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

बैशाख ३१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिन्छ ।

हालको मौसमको अवस्था

देशको मध्य भू-भाग तथा पश्चिम र पूर्वको पहाडी भू-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहेको छ ।

दिउँसो

देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । पूर्वी र पश्चिमी भू-भागका केही स्थानहरु र मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पुर्वी र मध्य भू-भाग तथा पश्चिमको पहाडी भू-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी भू-भागका केही स्थानहरु तथा मध्य र पश्चिमका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पूर्वी र पश्चिमी भू-भागका केही स्थानहरु र मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !