१३ बैशाख २०८१, बिहिबार

यस्तो छ आज बैशाख २७ गते शनिबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

बैशाख २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव, स्थानीय वायु, पूर्वी भू-भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको छ ।

हालको मौसमको अवस्था

हाल देशको पहाडी भू-भाग आंशिक बदली रही बाँकी भु-भागमा सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरुमा र तराइका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ । मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पुर्वी र मध्य भू-भागका थोरै र पश्चिमका एक-दुई स्थानमा मेघगर्जन, असिना, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !