७ बैशाख २०८१, शुक्रबार

यस्तो छ आज बैशाख २४ गते बुधबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

बैशाख २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा बंगालको खाडी समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।

हालको मौसमको अवस्था

हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भु-भागमा सामान्य बदली र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशभर बिहानीपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राती

देशभर आंशिक बदली रहनेछ । पश्चिमी तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै तराईका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !