७ बैशाख २०८१, शुक्रबार

मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान


आजको मौसम

बैशाख २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।

हालको मौसमको अवस्था

हाल देशको पश्चिमी भु-भागमा पूर्ण बदलि भई केहि स्थानहरुमा वर्षा भईरहेको छ र वांकी भु-भागमा सामान्य बदली रहेको छ ।

दिउँसो

देशको पश्चिमी भू-भागमा पूर्ण बदली र बांकी भु-भागमा सामान्य बदली रहनेछ । देशको पश्चिमी भू-भागका धरै स्थानहरूमा साथै मध्य तथा पुर्वका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

पश्चिमी भू-भागका धरै स्थानहरूमा साथै मध्य तथा पुर्वका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !