८ बैशाख २०८१, शनिबार

मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान


आजको मौसम

बैशाख २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमि वायुको प्रभाव ,स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।

हालको मौसमको अवस्था

हाल देशको पहाडि भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक वदली रहेको छ ।

दिउँसो

देशको अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन ,चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना सहित वर्षाको र पश्चिमी र पुर्वी तराईमा हावाहुरीको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !