
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
मधेश प्रदेशको पूर्वी भू-भाग तथा कोशी प्रदेश को तराई भू-भागमा मन्द शीतलहरको अवस्था रहेको छ भने बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु/कुहिरो लागेको छ । पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो
कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
राती
कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
मधेश प्रदेशको पूर्वी भू-भाग (सप्तरी) तथा कोशी प्रदेश को तराई भू-भाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको र बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।