१२ बैशाख २०८१, बुधबार

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान


काठमाडौँ मौसम

काठमाडौँ, चैत ४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर आँशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

२०७९ चैत ४ गते (शनिबार)

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावा हुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ चैत ५ गते (आइतबार)

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ चैत ६ गते (सोमबार)

दिउँसो

देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ्ग र हावा हुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !