७ बैशाख २०८१, शुक्रबार

भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएर पोखरा विमानस्थल उद्घाटनमा ढिलाइ


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा । खराब मौसमका कारण भिजिबिलिटी कम हुँदा आज आइतबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएकोले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा ढिलाइ भएको छ ।

नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान ११ बजे भव्य समारोहका बीच विमानस्थल उदघाटन गर्ने कार्यक्रम पनि अहिलेसम्म हुन सकेको छैन ।

देशकै प्रमुख पर्यटकीय सहर पोखरामा आज नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । पुस १७ गते अर्थात् जनवरी १ तारिख अंग्रेजी नयाँवर्षको पहिलो दिनदेखि यो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो ।

शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन सङ्घ संस्थाको सहभागितामा उद्घाटन समारोह विशेष र भव्य हुने बताइएको छ । आज बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !