८ बैशाख २०८१, शनिबार

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, असार १८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

२०७९ असार १८ गते (शनिबार)

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका तराई क्षेत्रका केहि स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली देखि मौसम समान्यता सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम र अन्य भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

२०७९ असार १९ गते (आईतबार)

दिउँसो

देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

२०७९ असार २० गते सोमबार)

दिउँसो

देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !