७ बैशाख २०८१, शुक्रबार

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, जेठ ७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल प्रदेश १ तथा देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ । प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

२०७९ जेठ ७ गते (शनिबार)

दिउँसो

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र अन्य प्रदेशहरुका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ जेठ ८ गते (आइतबार)

दिउँसो

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेश प्रदेश केही स्थानहरु र बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ जेठ ९ गते (सोमबार)

दिउँसो

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदुरपश्चिम, लुम्बिनी लगायत अन्य प्रदेश केही स्थानहरुमा र मेघ गर्जन/चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ ।

राती

प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !