७ बैशाख २०८१, शुक्रबार

२०७९ वैशाख ३१ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, वैशाख ३१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो

प्रदेश नं १, बागमती प्रदेशमा, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुका साथै मधेश प्रदेश तथा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

प्रदेश नं १ लगायत देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश प्रदेश र बाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !