१२ बैशाख २०८१, बुधबार

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, वैशाख २९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । चक्रवात “असानी“ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

२०७९ वैशाख २९ गते (बिहीवार)

दिउँसो

प्रदेश नं १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

प्रदेश नं १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख ३० गते (शुक्रवार)

दिउँसो

प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

प्रदेश नं १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ का केही स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

२०७९ वैशाख ३१ गते (शनिवार)

दिउँसो

प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भुभागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

प्रदेश नं १ लगायत देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ का थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !