७ बैशाख २०८१, शुक्रबार

२०७८ साल माघ ११ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, माघ ११ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ ।

दिउँसो

देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती

देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशको पहाडी भुभागका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना हुनुका कारण चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !