७ बैशाख २०८१, शुक्रबार

२०७८ साल पुस २७ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, पुस २७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु-भागहरुमा सामान्य बदली रहेको छ र बाँकी स्थानहरुमा आंशिक बदली रहेको छ ।

दिउँसो

देशभर आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक बदली रहने छ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश नं १ का एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश , बाग्मती प्रदेश तथा प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !