८ बैशाख २०८१, शनिबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, कार्तिक ६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन ।

हाल मौसमको अवस्था

हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ ,२ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का/फाटफुट वर्षा भईरहेको छ ।

२०७८ कार्तिक ६ गते (शनिबार)

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रहनेछ।देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक ७ गते (आईतबार)

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रहने छ । बागमती र प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक ८ गते (सोमबार)

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर आंशिक देखि सामान्य बदली रही देशहका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !