७ बैशाख २०८१, शुक्रबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


काठमाडौँ मौसम

काठमाडौँ, असोज ३० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ ।

२०७८ आश्विन ३० गते (शनिबार)

दिउँसो

देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशको प्रदेश नं १, प्रदेश नं २, र बागमती प्रदेश सामान्य बदली रहि अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ आश्विन ३१ गते (आइतबार)

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ कार्तिक ०१ गते (सोमबार)

दिउँसो

देशभर सामान्य देखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केहि मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश को एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती

देशभर सामान्य देखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश को एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !