११ बैशाख २०८१, मंगलबार

२०७८ साल असोज २९ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, असोज २९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशको पुर्वी भुभागमा उत्तरपश्चिमी बंगालको खाँडीमा अवस्थित निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशको प्रदेश नं १, प्रदेश नं २, प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बाग्मती पहाडी भुभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशको प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको प्रदेश नं १, प्रदेश नं २, प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र बाग्मती पहाडी भुभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !