७ बैशाख २०८१, शुक्रबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


काठमाडौँ मौसम

काठमाडौँ, असोज २७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन ।

हाल मौसमको अवस्था

हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाकी भू-भागमा सामान्यतया सफा रहेको छ ।

२०७८ आश्विन २७ गते (बुधबार)

दिउँसो

देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रही पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ आश्विन २८ गते (विहीबार)

दिउँसो

देशको प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशको प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ आश्विन २९ गते (शुक्रबार)

दिउँसो

देशको प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशको प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भू-भागमा आंशिक बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !