४ बैशाख २०८१, मंगलबार

२०७८ साल असोज २१ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, असोज २१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !