२०७८ साल जेठ २५ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान Nepalpatra २०७८ साल जेठ २५ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

१८ श्रावण २०७८, सोमबार

२०७८ साल जेठ २५ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, जेठ २५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी /पूर्वी वायु र स्थानीय वायुको मिश्रित प्रभाव छ ।

हाल मौसमको अवस्था

हाल देशका केही पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ अन्य स्थानहरू सामान्यतया सफा रहेको छ ।

दिउँसो

प्रदेश १,२ बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा