८ बैशाख २०८१, शनिबार

२०७८ साल बैशाख २९ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, बैशाख २९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशका सुदुरपश्चिम प्रदेश, बाग्मती प्रदेश तथा प्रदेश नं १ का केही भू-भागमा आंशिक देखी सामान्य बदलीको अवस्था रहेको छ भने बांकी भु-भागहरुमा सामान्य देखि पूर्ण बदली रहेको छ ।

दिउँसो

प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदलि रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २,गण्डकी प्रदेश र बाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती

देशका अधिकांश भू-भागहरुमा सामान्य देखि पुर्ण बदली रहि देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बाग्मति प्रदेशका तराइका भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना साथै एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !