७ बैशाख २०८१, शुक्रबार

२०७८ साल बैशाख २० गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान

काठमाडौँ, बैशाख २० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू-भाग नजिक बिकशित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

देशको प्रदेश १, प्रदेश २ तथा पहाडी भू-भागका केहि स्थानहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहेको छ ।

दिउँसो

देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राती

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !