७ बैशाख २०८१, शुक्रबार

२०७८ साल बैशाख ९ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, बैशाख ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ ।

हाल मौसमको अवस्था

देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य बदली रहेको छ ।

दिउँसो

देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ ।

राती

देशभर पहाडी भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !