८ बैशाख २०८१, शनिबार

आज चैत्र २६ गते बिहिबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, चैत्र २६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापिय प्रणालीको पनि प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ साथै देशका केही स्थानहरूमा तुंवालो लागेको अवस्था छ ।

दिउँसो

देशका पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक देखि समान्य रही बाँकी भू-भागमा मौसम आंशीक बदली रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको साथै देशको तराई र पहाडी भू-भागका केही स्थानहरुमा तुवांलो लागेकोले सोवाट समेत बच्न आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !