१३ बैशाख २०८१, बिहिबार

आज चैत्र २५ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, चैत्र २५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत अन्य केही पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ भने धेरै भू-भागहरुमा तुवांलो लागेको अवस्था छ ।

दिउँसो

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकि भू-भागका एक वा दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षा / हिमपातको सम्भावना रहेको छ ।

राती

प्रदेश नं १ र सुदुर पश्चिम प्रदेश साथै अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको साथै देशको तराई र पहाडि भु-भागका अधिकांश स्थानहरुमा तुवांलो लागेकोले सो वाटसमेत बच्न आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !