६ बैशाख २०८१, बिहिबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मेघ गर्जन/चट्टयाङ्/हावाहुरी सहित वर्षाको सम्भावना मौसम

काठमाडौँ, चैत्र ७ ​। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर आंशिक देखी सामान्य बदली रहेको छ ।

चैत्र ७ गते (शनिबार)

दिउँसो

देशभर आंशिक देखी सामान्य बदली रहि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं २ का एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

राती

प्रदेश नं १ को पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहि देशको बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ८ गते (आईतबार)

दिउँसो

देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहि देशको बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ९ गते (सोमबार)

दिउँसो

सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहि देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !