११ बैशाख २०८१, मंगलबार

आज चैत्र ४ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, चैत्र ४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भु-भागमा आंशिक बदली रहनेछ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !