८ बैशाख २०८१, शनिबार

आज माघ २९ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, माघ २९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर मौसम सामान्यतया सफा रहेको छ र तराई तथा पहाडका केहि भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ ।

दिउँसो

बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती

बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना र तराईका केही भू-भागमा बिहानपख हुस्सु/कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउनुहुन सबैमा विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !