६ बैशाख २०८१, बिहिबार

आज माघ १५ गते बिहिबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, माघ १५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।

हाल मौसमको अवस्था

हाल तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती

देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तराईका भू-भागहरुमा बिहानीपख हुस्सु्/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !