१२ बैशाख २०८१, बुधबार

आज माघ १४ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, माघ १४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा कुनै उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन ।

हाल मौसमको अवस्था

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ साथै तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

दिउँसो

प्रदेश न. १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती

प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशको भू-भागहरूमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । देश न. १ को उच्च पहाडी तथा हिमाली भू-भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागहरुमा बिहानीपख हुस्सु्/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !