१२ बैशाख २०८१, बुधबार

आज माघ ६ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान


जल तथा मौसम विज्ञान विभाग

काठमाडौँ, माघ ६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ तथा तराईका भू-भागहरुमा हुस्सु/कुईरो रहेको छ ।

दिउँसो

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि प्रदेशहरुमा आंशिक बदली रहनेछ ।

राती

प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको विभिन्न भू-भागहरुमा आकाशमा बादललागे संगै राम्रो संग घाम नालाग्दा दिउसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केहि भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !