आज पुस २४ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान Nepalpatra आज पुस २४ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान
२४ फाल्गुन २०७७, सोमबार

आज पुस २४ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, पुस २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल प्रदेश १ को पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ र तराईका भु-भागमा हुस्सु्/कुहिरो लागेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति

प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम आंशिक बदली रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको अधिकांश भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !