१२ बैशाख २०८१, बुधबार

आज मंसिर २३ गते मंगलबारको मौसम पूर्वानुमान, हवाई उडान प्रभावित हुन सक्ने


मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर २३। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल भारतको झारखण्ड र आसपासमा न्युन चापिय प्रणाली रहेको छ ।

हालको मौसमको अवस्था

हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ ।

दिउँसो

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश नं १ का पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना हुनुका साथै देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !