१३ बैशाख २०८१, बिहिबार

आज मंसिर १८ गते बिहिबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर १८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

हालको मौसमको अवस्था

हाल गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ का पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती

लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको साथै प्रदेश नं १ का पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !