१३ बैशाख २०८१, बिहिबार

आज मंसिर १५ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर १५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

हालको मौसमको अवस्था

हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राती

देशभर मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !