आज मंसिर १४ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान Nepalpatra आज मंसिर १४ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान
१२ माघ २०७७, सोमबार

आज मंसिर १४ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान


जल तथा मौसम विज्ञान विभाग

काठमाडौँ, मंसिर १४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

हालको मौसमको अवस्था

हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

सुदुर पश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती

देशभर मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !