७ बैशाख २०८१, शुक्रबार

आज कार्तिक १० गते सोमबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक १० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

उल्लेखनीय मौसमी प्रणाली छैन ।

हालको मौसमको अवस्था

हाल प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेश आंशिक बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र प्रदेश २ को एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !