१३ बैशाख २०८१, बिहिबार

आज कार्तिक ४ गते मंगलबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक ४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

उल्लेखनीय मौसमी प्रणाली छैन ।

हालको मौसमको अवस्था

हाल प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहको छ।

दिउँसो

प्रदेश नं १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !